no comments

पोखरा महानगरको ६ ठाउँमा किसान बजार, किसानको उत्पादन उपभोक्ता माझ

पोखरा, १९ असोज / किसानले उत्पादन गरेका बस्तु सोझै उपभोक्ता माझँ पुग्ने गरि पोखरा महानगरपालिकाको ठाउँ ठाउँमा किसान बजार संचालनमा ल्याएको छ । किसानको उत्पादन बिचौलीया हुँदै उपभोत्ताकोमा पुग्दा किसानले उचित मुल्य नपाउँने र उपभोत्ताले महंगो तिर्नु पर्ने थियो । महानगरपालिकाले उपभोत्तालाई कम मुल्य पर्ने गरि पोखरामा किसान बजार सुरु गरेको हो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको फेवाताल किनार खपौदीमा छैटौ किसान बजारको शुक्रबार शुभारम्म गरे । यो बजारबाट पोखरा १८, २३ र २४ का किसान लाभान्वित हुने छन् । किसानलाई उत्पादनमा थप हौसला दिन किसानले उत्पादन गरेका कृषि जन्य बस्तु बिक्री कक्षको रुपमा किसान बजार स्थापना गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।

आफुहरुले उत्पादन गरेका तरकारीहरु विक्रि गर्ने पाएकामा किसानहरु पनि खुसि छन् । पोखरा २३ ठुला खेतका किसान कलाधर भण्डारीले आफुले उत्पादन गरेको कृषि जन्य बस्तुले बजार पाउदा खुसी लागेको बताए । कृषि बजारमा तरकारी, खाद्यन्न, दुग्धजन्य बस्तु, फलफुल, बोका खशी, माछा, कुखुरा, हस्तकलाका सामग्री लगायतका किसानका उत्पादन हेरेर बिक्री गर्ने गरि स्टल बनाइएको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

किसानले उत्पादन गरेका बस्तु एक दुई दिन राख्नु परे पनि उचित व्यवस्थापनका लागि कोल्डस्टोरको व्यवस्था महानगरपालिकाले गर्ने कडरियाले जानकारी दिए । किसानले थोक विक्रेतालाई बिक्री गर्दाभन्दा २० देखि ३० प्रतिशत बढी मूल्य पाउने र उपभोक्ताका लागि थोक विक्रेताबाट किन्ने मूल्यभन्दा सस्तोमा मूल्य निर्धारण गरिएको उनको भनाई छ ।

पोखरा महानगरपालिकाको ठूलीपोखरी, गैहबारी, पोखरा महानगरपालिका वडा नम्बर १७ को बिरौटा, लेखनाथको तालचोक, अम्मरसिंह चोक, लगायतका क्षेत्रमा महानगरपालिकाले किसान बजार संचालनमा ल्याएको छ । अहिले सम्म ६ वटा किसान बजार स्थापना गर्न एक करोड लागत लागेको महानगरपालिकाले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese