no comments

पोखरा ११ काहुँको कालिका माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण

पोखरा, १८ असोज / पोखरा ११ काहुँको कालिका माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरेका छन् ।

काइण्डनेस क्लब मदरल्याण्ड र इन्सपार्यर एक्सिलेन्सि पोखराको संयुक्त आयोजनामा कालिका माविका कक्षा १ देखि १० सम्म अध्ययनरत जेहेन्दार ५० जना छात्राहरुलाई झोला र शैक्षिक सामग्री वितरण गरेको हो ।

झोला तथा शैक्षिक सामग्री वितरणका लागि अमेरिकामा रहेका चार जना ( Tbias Gugger, Monika Gugger, Durgamaya Andersen and Dave Andersen) ले सहयोग गरेका थिए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कालिका माविका प्रधानध्यापक निर्मला मानन्धर, विद्यालय व्यवस्थपान समितिका अध्यक्ष कुमार बहादुर क्षेत्रीले सहयोगले विपन्न विद्यार्थीलाई पढाइमा सहयोग गर्ने बताए ।

काइण्डनेस क्लब मदरल्याण्डकी अध्यक्ष दीप्ति भण्डारी, इन्सपार्यर एक्सिलेन्सिका अध्यक्ष कुशल गौतमले सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

कार्यक्रमको संचालन कालिका मा।वि। का शिक्षक बद्रीनाथ आचार्यले गरेका थिए । विद्यालयमा कक्षा १ देखि ५ सम्म भौतिक रुपमा पठनपाठन कार्य सुरु भइसकेको छ भने कक्षा ६ देखि १० सम्म अनलाइनका माध्यमबाट पठनपाठन भइरहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese