no comments

गण्डकी प्रदेश थप ९० जना संक्रमित, पोखरामा १२ र रुपामा १ जना

पोखरा, २६ भदौ/ गण्डकी प्रदेशमा शुक्रबार ९० जना कोरोना भाइरस (कोभिड १९) का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नवलपुरका सर्वाधिक ४६ जना, कास्कीका १३ जना, तनहुँका १४ जना, लमजुङका ५ जना, गोरखाका ८ जना, स्याङजाका र पर्वतका २/२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणबाट ९० जनामा कोरोना पुष्टि भएको हो । सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ८ सय २० पुगेको छ । हालसम्म १ हजार ८ सय ४९ जना निको भइसकेका छन् । गण्डकीमा २२ जनाको मृत्यु भइसकेको छ ।

कास्कीमा १३ जना मध्ये १२ जना पोखरा महानगरपालिका र एक जना रुपा गाउँपालिकाका हुन् । पोखरा महानगरपालिका वडा नम्बर १७ का ३६ वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी उपचारका लागि आएका ३२ वर्षीय र ३५ वर्षीया महिलालाई कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखरा महानगरपालिका वडा नं १० का २६ वर्षीया महिला र पोखरा १ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । तनहुँमा ५ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese