no comments

गण्डकी प्रदेशको विधेयक अधिवेशन चैत २५ गतेदेखि

पोखरा, १७ चैत/ गण्डकी प्रदेशको अधिवेशन चैत २५ गतेबाट बस्ने भएको छ ।

मंगलबार बसेको गण्डकी प्रदेश सरकारको बैठकले २५ गतेदेखि विधेयक अधिवेशन बोलाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो । असोज २६ गतेदेखि प्रदेशसभाको बजेट अधिवेशन सकिएको थियो ।

चैत २५ गते अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

जेठ १५ तिरबाट बजेट अधिवेशन पनि सुरु गर्नुपर्ने भएकाले विधेयक अधिवेशन धेरै दिन चल्ने छैन ।

TechSansar.com - Technology Navigator website for Nepalese