मुख्यमन्त्री– दक्षिण कोरिया राजदूत भेट, कोरियाको सहयोगमा पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’
पोखरा, ११ असोज / दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सँग सोमबारको भेटको उक्त प्रतिबद्धता जनाएका हुन् ।
पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको भन्दै राजदूत पार्कले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका हुन् ।‘
भेटका अवसरमा मुख्यमन्त्री पोखरेलले हजारौ नेपाली युवाहरुको उत्कृष्ट गन्तव्यको रुपमा दक्षिण कोरिया रहेको भन्दै युवाहरुले आय आर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरको रुपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गरेको बताए । उनले भने, ‘नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया एक बलिायो साझेदार हो, शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जा जस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग छ ।’
दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेकोतथ्य मुख्यमन्त्री पोखरेलले स्मरण गरे । कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी –कोइका) मार्फत् पु¥याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
प्रदेश सरकार कोभिड महामारिले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषण जस्ता सामाजिक क्षेत्रको पुर्नजीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको मुख्यमन्त्रीले सुनाए ।
स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति, आधुनिक उपकरणको प्रयोग तथा स्वास्थ्य सेवा विस्तारमा विशेष काम गर्नु परेको उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘कोभिडको क्षति आँकलन र समस्यामा परेका क्षेत्रको पुनरुत्थानका लागि योजनाबद्धरुपमा अघि बढ्ने प्रयत्न हँुदैछ । ग्रामीण क्षेत्रको विकास र गरिबीको अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो छ ।’
यस प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडिबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्व बजारमा पुग्न सक्ने बनाउन थप काम गर्नु पर्ने मुख्यमन्त्रीले सुनाए ।
दीगो विकास लक्ष्य हासिल गर्नका लागि एकीकृत प्रादेशिक तथ्यांक तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नु पर्ने मुख्यमन्त्रीले बताए ।
दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताए । नेपालीका थप युवालाई रोजगारी दिने बारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको उनले सुनाए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानको भवन निर्माणका लागि गण्डकी सरकाले सबै प्रक्रिया पूरा गरी राजदूतावासमा बुझाएको जानकारी गराए । यसबारेमा के भइरहेको छ बुझेर काम अगाडि बढाउने राजदूत पार्कले बताएका छन् ।भेटमा उपाध्यक्ष डा. काफ्ले, प्रमुख सचिव डा. दामोदर रेग्मी सहभागी थिए ।