no comments

फेवातालमा एक युवा मृत फेला

पोखरा, २ मंसिर / फेवातालमा एक युवा मृत फेला परेका छन् । मंसिर १ गते अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका ६ फेवाताल स्थित बाराही घाटमा एक युवा मृत फेला परेका हुन् ।

हालसम्म नाम थर वतन नखुलेको अन्दाजी करीब ३५ वर्षको पुरुष शव फेवातालमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरी रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese