no comments

चीनलाई घेराबन्दी गर्न नेपालको संसदविघटनः देव गुरुङ

पोखरा, १३ पुष / नेकपा स्थायी कमिटी सदस्य देव गुरुङले चीनलाई घेराबन्दी गर्न नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीति सहित नेपालको संसद् विघटन भएको आरोप लगाएका छन् ।

नेकपाको दाहाल–नेपाल पक्षले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा संसद् विघटनले मुलुक फाँसीवादको दिशातिर गएको बताए ।

उनले संघीय संसद रहँदासम्म विदेशी सैनिकहरुले मार्चपास गर्न नसक्ने भएपछि संसद भंग गरेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुलाई चलखेल गर्नका लागि आधारभूमि तयार पारिदिएको नेता गुरुङको भनाई छ ।

उनले अहिलेको परिघटना २०१७ सालमा राजा महेन्द्रले गरेको ‘कू’ र २०५९ सालमा ज्ञानेन्द्र शाहले गरेको ‘कू’ जस्तै भएको बताए । उनले प्रधानमन्त्री ओलीको अहिलेको कदम नसच्याए ढिलो चाँडो संकटकाल लागू बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यैचौको नेपाल भ्रमणको सन्दर्भमा सोधिएको एक प्रश्नमा नेता गुरुङले चीनले हालसम्म नेपालमा कुनै प्रकारको हस्तक्षेप नगरेको दाबी गरे ।

उनले संसद् विघटन प्रधानमन्त्रीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी, फाँसीवादी चिन्तनको उपज भएको उनको भनाई थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली असहिष्णु र बुर्जुवा भएको आरोप लगाए । उनले नेकपाका अध्यक्षसमेत रहेका ओलीमा बुर्जुवा दृष्टिकोण रहेको आरोप लगाएका हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese