no comments

पोखरामा थप २४ जनामा कोरोना, प्रहरी, स्वास्थ्यकर्मि र डोजर व्यावसायीमा कोरोना

पोखरा, १७ भदौ / गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, डोजर व्यवसायी, किनारा पसले सहित ३६ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका छन् ।

बुधबार पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ महिला सहित २४ जना कास्कीका रहेका छन् भने ४ महिला सहित ७ जना नवलपुरका, दुई महिला र दुईजना पुरुष गरी ४ जना लमजुङका र एक/एकजना महिला र पुरुष गरी दुईजना तनहुँका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीका संक्रमितमध्ये २० जना नेपाल प्रहरीमा कार्यरत, एक जना स्टाफनर्स र एक जना डोजर व्यवसायी रहेको निर्देशक शर्माले जानकारी दिए । लमजुङ सुन्दर बजारका एकजना पुरुष ओमनबाट आएका हुन् भने एक जना महिला किनारा पसले हुन् ।

अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा २ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७ सय १२ जनामा निको भएर घर फर्किएका छन् । अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १४ जनाको ज्यान गएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese