no comments

पोखरामा थप एक जनाको कोरोनाबाट मृत्यु

पोखरा, २८ असोज / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसियुमा स्याङजाको भिरकोट नगरपालिकाका ५२ बर्षिय महिलाको मृत्यु भएको हो ।

उनको बुधबार विहान ९ बजेर ३४ मिनेट जादाँ मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ पोजेटिभबाट मृत्यु हुने तेहैं व्यक्ति हुन् ।

यो सगँ गण्डकीमा कोरोनाबाट अहिले सम्म ४२ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा बुधबार विहान ३१ जनाका नयाँ संक्रमित पुष्टि भएका छन् ।

यो सगँ गण्डकीमा ५ हजार १ सय ३१ जनामा कोरोना पुष्टि भएको छ । ति मध्ये ३ हजार ४ सय ४९ जना निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese