no comments

पोखरामा कोरोनाले थप चार जनाको मृत्यु

पोखरा, २३ बैशाख/ पोखरामा कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ३ का ८७ बर्षीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

त्यसै गरी पोखरा २९ का ४१ बर्षीय पुरुष, पोखरा १७ मा ७३ बर्षीय पुरुष र म्यादीको धौलागिरी गाउँपालिकी ७२ बर्षीय महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

गण्डकी प्रदेशमा अहिले सम्म कोरोना संक्रमणबाट २ सय ४१ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese