no comments

पोखराको लेकसाइडमा चोरी गर्ने दुई जना पक्राउ

पोखरा, २७ कात्तिक / कास्की प्रहरीले पोखरामा चोरी गरी भागेका दुई जनालाई पक्राउ गरेको छ ।

कात्तिक १९ बिहान साढे ५ बजे पोखरा महानगरपालिका वडा नम्बर ६ जरेबर स्थित फुलमाया केसीको घरमा भाँडा पसलमा चोरी गर्ने दुई जनालाई पक्राउ गरेको हो ।

उनको घरमा पोखरा २४ पामे बस्ने गंगाधर दवाडीले भाँडापसल सञ्चालन गर्दै आएका थिए । सटर फोडी काँचको कचौरा १ सय २० थान, काँचको थाल ७ थान र नगद ३० हजार चोरी गरी फरार भएका थिए ।

प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय बैदाम समेतबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा कात्तिक २० गते पोखरा ६ शान्तिपाटन स्थितबाट चोरी भएका सामान प्रहरीले पक्राउ गर्ने सफल भएको थियो ।

प्रहरीले काँचको कचौरा ६७ वटा, काँचको थाल ४ थान र नगद ९ हजार ६ सय तनहुँ शुक्लागण्डकी नपा वडा नम्बर ७ घर भई पोखरा ९ बस्ने १९ बर्षीय सुजन तामाङ, र मनिष खड्का लाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese