no comments

शुभ चेरिस्मा इम्पोरियम पुनः सञ्चालनमा

पोखरा, २६ पुष/ गण्डकी प्रदेशको राजधानीपोखराको न्युरोडमा केहि समय वन्द रहेकोशुभ चेरिस्माइम्पोरियम पुन सञ्चालनमा आएको छ ।

थपसेवा सुबिधा सहित पुनः सञ्चालनमा इम्पोरियमलाई गृहलक्ष्मी ग्यासँ कम्पनिका अध्यक्ष धर्मराज बर्तौला महिला व्यवसायी एवंम समाज सेवि प्रभाकार्की, महिला उधमी सिता बराल र केदार बरालले सञ्चालनमा आएको हो । तीनजनाको संयुक्त लगानीमा सञ्चालनमा आएको इम्पोरियमको अभिनेत्री करिष्मा मानन्धरले उद्घाटन गरिन् ।

इम्पोरियमकी ब्राण्ड एम्वेसडर समेत रहेकी अभिनेत्री मानन्धरले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताइन् । त्यस्तै सञ्चालक सीता बरालले व्यवसायमा लाग्दा विभिन्न उतार चढाबलाई झेल्दै आएको बताउँदै अब एउटा उदाहरणको रुपमा निरन्तर व्यवसायमा लागि रहने प्रतिवद्धता व्यक्त गरिन् ।

त्यस्तै महिलाहरुले समाजमा लड्नु परेका सामाजीक विभेद र कुरुती तर्फ अझै एक जुट भएर अगाडी वढ्नु पर्ने कलाकार करिश्मा मानन्धरले बताउनु भएको थियो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षएवं राजनीतिकर्मी विश्वशंकर पालिखेले एक पटकको असफलताले मानिसलाई पाठ सिकाउने उल्लेख गर्दै निरन्तरको प्रयासले मानिस सफल हुने बताए ।

सञ्चार उद्यमी सुनयना पालिखेले लडेर फेरी उठन सक्नु नै ठुलो कुरा भएको उल्लेख गर्दै थपउर्जा सहितपुनः व्यावसायमा फर्किएर सबै महिला उद्यमीहरुका लागि उदाहरण बनेको भन्दै बरालको प्रशंसा गरिन् । बरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले हिम्मत नै सबैभन्दा ठूलो कुरा भएको बताइन् ।

कार्यक्रममा इम्पोरियमका अध्यक्ष धर्मराज बराल, महिलाउद्यमी सीता पाण्डे, नेपालपत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा, इभेन्ट म्यानेजर बिशाल गुरुङ रघरेलु तथा साना उधोग महासघं गण्डकी प्रदेश महिला उधमी समितिको महासचिव बसन्त के.सि लगायतले शुभकामना दिएका थिए ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese