no comments

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक पत्रकार भण्डारी पुरस्कृत

पोखरा, २७ मंसिर/मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाको भव्यताको साथ सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका, सहकारी शाखाका दर्ता अधिकारी अनिल कार्कीको प्रमुख आतिथ्यतामा संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथी कार्कीले ब्यानरमा हस्ताक्षर सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन कार्कीले बचत तथा ऋण सहकारीले अत्यन्तै प्रभाकारी ढंगले सबै सदस्य सहभागि भएर वर्षभरीको प्रगति विवरण पेश गरेको भन्दै उच्च प्रशंसा गर्नुभएको थियो । उहाँले मित्र मिलन नाम जस्तै सबैको मित्र भएर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पहिले कृषि सहकारीमा दर्ता भएर पछी बचत तथा ऋण सहकारीमा परिणत भएपनि कृषिको कामलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईराला, नेपाल रेडक्रस सोसाईटी कास्कीको उपसभापती डण्डराज पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, छिमेकी सहकारीको तर्फबाट नारायण पहारी, संस्थाका कानुनी सल्लाहकार जनकल्याण पराजुलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शनिबारबाट सुरु भएको कार्यक्रम पुस ८ गते समापन गरिने संस्थाका अध्यक्ष रमण पौडेले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कुशल पौडेलले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका कार्यकारी अधिकृत किरण अधिकारीको स्वागत मन्तब्य राख्नुभएको थियो भने संगिता रेग्मी सुवेदीले सहकारीको सात सिद्धान्त वाचन गर्नुभएको थियो ।

मित्र मिलन पत्रकारिता पुरस्कार पत्रकार विमला भण्डारीलाई

मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा मित्र मिलन पत्रकारिता पुरस्कारबाट पत्रकार बिमला भण्डारीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा अहम भूमिका खेलेको भन्दै पत्रकार भण्डारीलाई नगद २५ हजार, दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।

पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष, सञ्चारिका समुहको केन्द्रिय सदस्य, रेडियो जननीको संस्थापक स्टेसन म्यानेजर, न्यूनतम पारिश्रमिक निर्धारण समितीको पूर्व सदस्य हुनुहुन्छ । पुरस्कार ग्रहण गरिसकेपछी भण्डारीले पुरस्कारले थप पत्रकारिता क्षेत्रमा लाग्ल उर्जा थपिएको बताउनुभयो ।

१९ बर्षे पत्रकारिताको यात्रामा कहिल्यैपनि पुरस्कारको लागि काम नगरेको बताउने पत्रकार भण्डारीले बेलामौकामा समाजका अन्य क्षेत्रले पत्रकारिताको मूल्याङ्कन गरेर सम्मान गर्दा खुसी लाग्ने बताउनुभयो ।

कार्यक्रममा संस्थाले सामाजिक व्याक्तित्व सम्मानबाट उपभोक्ता मञ्च गण्डकीका संयोजक कपिलनाथ कोईरालालाई सम्मान गरेको छ । असल समाज निर्माणमा उदाहरणिय काम गरेको भन्दै कोईरालालाई दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो । सोही अवसरमा संस्थाले उत्कृष्ट कर्मचारी कुलदिप पौडेललाई पनि दोसल्ला र सम्मानपत्रले सम्मान गरेको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाईटी कास्कीले बनाउन लागेको अत्याधुनि रक्तसंचार केन्द्रको लागि १ लाख ११ हजार १ सय ११ नगद सहयोग गरेको छ । शनिबारकै कार्यक्रममा संस्थाका अध्यक्ष रमण पौडेलले नेपाल रेडक्रम सोसाईटी कास्कीका उप सभापती डण्डराज पौडेललाई नगद चेक हस्तान्तरण गर्नुभएको हो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese