no comments

को हुन् गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दावी गर्ने कृष्णचन्द्र नेपाली पोख्ररेल ?

पोखरा, २८ जेठ/ गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकारमा बहुमत सहित दाबी गरेको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र सहित ३१ जना सांसद नै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

विपक्षी गठबन्धनका ३१ जना सांसद रहेका छन् । स्वतन्त्र सांसद दीपक मनाङे सहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि २४ घण्टाको समय दिएर आजै आह्वान गरेपछि उनीहरूले बहुमतसहित सरकारमा दाबी गरेका हुन् ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाएका उनी स्वत पदमुक्त भए । मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।

को हुन् कृष्णचन्द्र नेपाली

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशसभामा नेपाली काँग्रेसको संसदीय दलका नेता हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा उनी गण्डकी प्रदेश नवलपरासी पूर्व १ ९१० बाट निर्वाचित भएका थिए ।

प्रजातन्त्रका सेनानी एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व। गोवद्र्धन शर्माका उनी माहिला छोरा हुन् । ग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट उनी केन्द्रीय समितिमा निर्वाचित भएका थिए ।

त्यसअघि ४ पटक ९२०४८ देखि २०६७ सम्म० नेपाली काँग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए । सभापति बन्नु अघि उनी जिल्ला कार्यसमितिको सदस्य मात्र थिए ।

चार दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनस्र्थापनाको लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेलजीवन बिताइसकेका छन् ।

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्व। गोवद्र्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाउँथे ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय ग¥यो । साथसाथै २०३६ साल ताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा परित्याग गरे ।

नेपाल बार एशोसिएसनका सदस्य समेत रहेका उनी प्रमर अधिवक्ताको रूपमा पनि परिचय बनाएका छन् । जनपक्षीय कानुनी सेवामा समर्पित उनको सिङ्गो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए । राजनीतिक कारणले आफैँ शारीरिक यातनाबाट गुज्रिएका नेपाली एमनेस्टी इन्टरनेसनल, नवलपरासीको संस्थापक अध्यक्ष पनि हुन् ।

२००५ साल जेठ ५ मा तनहुँको राम्चे ९हाल ब्यास–११० मा बाबु गोवद्र्धन शर्मा र आमा द्रोपदा शर्माको कोखबाट उनको जन्म भएको हो । उनका श्रीमती लता पोखरेल, २ छोरा र २ छोरी तथा नातिनातिना छन् ।

२०२२ देखि २०२८ सम्म पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ सम्म काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलहरूमा अध्यापन
२०३५ सालमा – विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ सालको जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली काँग्रेस विजयी)
२०३७ – निर्वान वहिष्कार -जेल चलान
२०४६ ः प्रथम जनआन्दोलन -जेल चलान
२०४८ ः सत्याग्रह -जेल चलान
२०४८ सालको निर्वाचनमा नेपाली काँग्रेस तर्फबाट नवलपरासी–४ मा उम्मेदवार
२०४८ देखि २०६७ सम्म सभापति, नेपाली काँग्रेस, नवलपरासी
२०६२/६३ को दोस्रो जनआन्दोलन -जेल चलान
२०६७ – नेपाली काँग्रेसको केन्द्रीय समितिमा निर्वाचित
२०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्षतर्फका लागि नेपाली काँग्रेसका उम्मेदवार -झिनो मतान्तरले पराजित
२०७४ – संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १  बाट निर्वाचित
२०७५ – गण्डकी प्रदेश नेपाली काँग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित

TechSansar.com - Technology Navigator website for Nepalese