no comments

मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो खस्दा अवरुद्ध

नारायणगढ, ६ भदौ / सुख्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

राति करिब १ बजे तिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । केही बेरमा पहिरो पन्छाउने काम शुरु हुने प्रहरीको भनाई छ । पहिरो खसेसँगै अत्यावश्यक भएर गुडेका सवारी साधन दुबै तर्फ रोकिएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese