no comments

प्रहरीले पत्रकारलाई गरेको दुव्र्यबहार पत्रकार महासंघ कास्कीद्धारा भत्सना

पोखरा, ९ भदौ / एभिन्युज टेलिभिजका गण्डकी प्रदेशब्युरो प्रमुख सुमन ढुङ्गानालाई मंगलबार प्रहरीले गरेको दुव्र्यबहार प्रति पत्रकार महासंघ कास्कीले भत्सना गरेको छ ।

पोखरा २६ बुढीबजार घरबाट कार्यालय आउने क्रममा पोखराको बुद्धचोकमा रहेको ट्राफिक प्रहरीले गरेको अभद्र व्यबहारको नेपाल पत्रकार महासंघ कास्की शाखाले भत्सना गरेको छ ।

पत्रकार महासंघ कास्की शाखाका सचिव रामप्रसाद तिमिल्सिनाले जारी गरेको बिज्ञप्तीमा कोरोना संकटको समयमा पनि जोखिम बहन गरेर काममा खटिएका पत्रकारहरुलाई अनाहकमा दुःख नदिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानआक्रणष गराएको छ ।

महासंघले संचारकर्मी सुमन ढुङ्गाना प्रति प्रहरीले गरेको दुर्व्यबहारको भत्सना गर्दै अब संचारकर्मीहरुलाई दुरुत्साहन गर्ने गतिविधि नदो¥याउन पनि अनुरोध गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese