चर्चित गीत लेकाली हामी पुनः अक्वोष्टिक भर्सनमा
श्रोता र दर्शकको चाहनालाई मध्यनजर गर्दै वाईस तेईस बर्ष अघि गाएको गीतलाई अहिले पुनः गाएको उनले सुनाए । मेख गुरुङ र नविन गुरुङको शब्द रहेको सो गीतमा नविन गुरुङले संगीत भरेका हुन् । गीतको छायाँकन र सम्पादन सुरज श्रेष्ठले गरेका हुन् । पोखराको दीपका स्थायी वासिन्दा भाई हाल पोखराकै बगालेटोलमा बस्छन् ।
कलकलाउँदो युवा वयमा लाहुर जाने सपना बोकेको युवाको कहानीबाट गीतको सुरुवात हुन्छ । लेकबेंसी र मेलापातको पुरानो सम्झना समेत गीतले पुनर्जिवित गरेको छ । अनि माया प्रेम भन्ने चिज कसलाई मन नपर्ला र ? यस्तै यथार्थलाई चित्रण गर्दै भाईले गीत मार्फत् मेलापातका संगीनीको मधुर भाका मात्र सम्झना गरेका छैनन् बैंस फुल्दाका सोल्टीनीको मनै चुँड्ने आँखा पनि सम्झेका छन् ।
तिहारमा दाजुभाइका लागि सयपत्रीको फूल उन्ने प्यारा दिदी बैनीको सम्झना देखि सोरठीमा मादल ठोक्ने प्यारो भाइको सम्झना समेत गीतमा गरिएको छ । लैबरीको भाका होस् वा कोइलीको बोल सबैलाई एकैपटक सम्झिएर उनले गाएका छन्– हाँसौं खेलौं दुई दिन हो जीवनघाम छायाँ ।