no comments

पोखरामा भएको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्जको उपाधि खुमा क्षेत्रीलाई

पोखरा, ५ पुस/पोखरामा भएको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्जको उपाधि खुमा क्षेत्रीले जितेकी छन् । नेपालका लागि यामहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु ईन्टरप्राईजेज प्रालिले यामाहाको नया उत्पादन रे जेडआर १२५ एफआईको अभूतपूर्व माईलेज र अन्य फिचरहरुबारे जानकारी दिन शनिबार पोखरामा गरेको यामाहा रे जेडआर १२५ एफआई माईलेज च्यालेञ्ज तथा ¥यालीमा २४ जना प्रतिष्पर्धीलाई पछि पार्दै क्षेत्रीले उपाधि जितेकी हुन् ।

पोखरास्थित यामाहा सोरुमबाट शुरु भएको ¥याली महेन्द्रपुल, रानीपौवा, चाउथे, पृथ्वीचोक, लेकसाईड, हल्लनचोक, सभागृहचोक, पृथ्वीचोकहुँदै पुनःयामाहाको सोरुम नयाबजारमा आएर सम्पन्न भएको थियो । ¥यालीमा सहभागि खुमा क्षेत्रीको स्कुटरले सबैभन्दा धेरै प्रतिलिटर ८७ किलोमिटर माईलेज दिएपछि उनलाई बिजेता घोषणा गरिएको नेपालका लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु ईन्टरप्राईजेज प्रालिले जनाएको छ ।

माइलेज च्यालेञ्जमा निशान थापा मगर द्वितीय र रमेशप्रसाद पौडेल तृतीय भएका थिए । बिजेता तीनै जनालाई भिएडब्लु ईन्टरप्राईजेज प्रालिका प्रोपाइटर सरोज श्रेष्ठले ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । पोखरामा हालैमात्र भित्रिएको यामाहाको रे जेडआर एफआई स्कुटरले सरदर प्रतिलिटर ५८ किलोमिटर माइलेज दिने जनाइएको छ । यद्वपी यो चालकको चलाईमा केहि तलमाथि हुनसक्ने यामाहा सोरुम पोखराका ईञ्चार्ज सुरेन्द्र रेग्मीले बताए ।

नेपाली भूमिका लागि उत्कृष्ट भनिएको यो स्कुटरले मात्र ७.५९ सेकेण्डमा शून्यदेखि ६० किलोमिटर प्रति घण्टाको स्पीड लिनसक्ने बताइएको छ । पछिल्लो उत्सर्जन मापदण्ड बीएस ६ ईञ्जिनजडित यो स्कुटरले बजारमा हाल भएका स्कुटर मध्ये सबैभन्दा धेरै प्रति लिटर ५८ किलोमिटरसम्मको माईलेज दिने भिएडब्लु ईन्टरप्राइजेज पोखराका प्रोपाइटर सरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार यामाहा रे जेडआर १२५ एफआई फ्यूलईन्जेक्सन प्रविधि जडित छ जुन यामाहा फेसिनो १२५ एफआईपछिको दोश्रो स्कुटर हो ।

TechSansar.com - Technology Navigator website for Nepalese