no comments

पोखराको पानी ‘पिउरो’ अब काठमाडौंमा

पोखरा, ७ असोज / पोख्रेली पानीको ब्राण्ड ‘पिउरो’ काठमाडौं पुगेको छ । काठमाडौंका उपभोक्तालाई ‘पिउरो’ एक लिटरको बोतलमा किन्न पाउने कम्पनीले जनाएको छ ।

पिउरोको उत्पादन ज्ञान फुड एण्ड बेभरेजले गर्दै आएको छ । कम्पनीले ‘पिउरो’ पानी पोखरा र आसपासका सहरमा एक लिटर बोतल र बीस लिटरको जारमा बिक्री गर्दै आएको थियो ।

खाद्य तथा गुणस्तर नियन्त्रण बिभागले तोकेको मापदण्ड पूर्ण रुपमा पालना गरी उत्पादन गरेको कम्पनीका प्रवन्ध निर्देशक अशोक खड्काले बताए ।

पिउने पानीको उत्पादनमा नेपालमै पछिल्लो प्रविधि भित्र्याएर प्लान्ट स्थापना गरेको खड्काले बताए । उपभोक्ताले ‘पिउरो’ पानी ग्यापु अनलाइन मार्फत पनि किन्न पाउँने छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese