no comments

भारतमा विमान दुर्घटना हुदाँ दुई पाइल सहित २० जनाको मृत्यु

एजेन्सी, २४ साउन / भारतको केरलामा एयर इन्डियाको हवाई जहाज दुर्घटना हुँदा दुई पाइलट सहित २० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्येमहरुले बताएका छन् । दुर्घटनामा क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् ।

दुबईबाट आएको एयर इन्डिया एक्सप्रेसको बोइङ(७३७ हवाईजहाज शुक्रबार बेलुका ७ बजेर ४१ मिनेटमा केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना भएको हो ।

अवतरणको क्रममा रनवेमा चिप्लिएर विमान ३५ फिट टाढा खाल्डोमा खसेको थियो । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना भयो र विमान दुई टुक्रा भयो ।

हवाईजहाजमा चालक दलका सदस्यसहित १९१ जना सवार थिए । २० जना घाइते गम्भीर अवस्थाका छन् । सो विमानमा भिसाको म्याद सकिएका, जागिर गुमेका, घुम्न गएको बेला कोरोना महामारी सुरु भएपछि दुबईमै रोकिएका यात्रुहरु थिए ।
दुर्घटना भएपनि विमानमा आगो लागेको थिएन । केही दिनयता केरलामा भारी वर्षा, बाढी र पहिरो गइरहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese