पोखरामा खुल्यो स्कोडाको शोरुम, बहुप्रतिक्षित कुशाकको बुकिङ खुल्ला

पोखरामा खुल्यो स्कोडाको शोरुम, बहुप्रतिक्षित कुशाकको बुकिङ खुल्ला

पोखरा, २७ साउन / जर्मनीप्रविधिको स्कोडागाडीको शोरुम पोखरामाखुलेको छ । पोखराको नयाँबजारस्थित एस.एस.एल.मोटर्स प्रा.लि.स्कोडाको लागिपोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ । शोरुमको बुधबार एक कार्यक्रमपोखरा उद्योग वाणिज्य संघकाउपाध्यक्षअर्जुन पोखरेललगायतले उद्घाटन गरे ।

उक्तअवसरमा बोल्दै पोखरेलले जर्मन प्रविधिको स्कोडागाडीपोखरा क्षेत्रमाथपलोकप्रियहुने विश्वास व्यक्त गरे । उनले सरकारकोनिजीक्षेत्रप्रतिको दृष्टिकोण सकारात्मकहुनपर्ने औल्याए ।

स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एस.एस.एल. मोटर्सलाई बिक्रेतानियुक्त गरेको हो । पोखराको नयाँबजारमा रहेको एस.एस.एल. मोटर्सले स्कोडागाडीको बिक्रीतथाबुकिङ सुरु गरिसकेको छ । डिलर सुरु गरेसँगै प्रा.लि.ले स्कोडाको बहुप्रतिक्षितएसयुभीकुशाकको बुकिङ पनि सुरु गरिसकेको निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए ।

कार्यक्रममाकम्पनीको गाडीप्रयोगकर्ता एवं समाधानमिडियाप्रा.लिकाअध्यक्षउमनाथ बरालले ड्राइभिङ्गमा सहजताहुने भएकाले स्कोडीआफ्नो रोजाई भएको बताए । एमएडब्ल्यु इन्टरप्राइजेज स्कोडाडिभिजनकाडिलर मेनेजर विजयथापाले कमिकमजोरी सुधार्दै उत्कृष्ट सेवाप्रदान गरिने प्रतिवद्वताव्यक्त गरे । कार्यक्रममाआदर्श समाज दैनिककाप्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले पनिबोलेका थिए ।

स्कोडाको कुशाकएसयूभी २ साता अगाडिमात्रै नेपालीबजारमा सार्वजनिकभएको हो । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडाकुशाक सबै गरी ५ भेरिएन्टमाबजारमा उपलब्धछन् । स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभम्यानुअल ट्रान्स मिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ । स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

नेपालमा बुकिङ एक सय २३ गाडी मध्ये ७५ गाडीबिक्री भएको छ । जसमध्य पोखराबाट मात्रै ६ वटागाडी विक्री भएको छ ।
रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपालीएसयूभीप्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ । कुशाकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडाग्रिल, डुअल हेलाइट सेटअप, एलईडीडिआरएल र फगल्याम्प छ । रुफ रेल र १७ इन्चको डाइमन्डकटअलोय ह्विल छ । पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप–अराउन्डएलडी टेललाइट छ ।

यसको इन्टेरियर चालकलाई सहजबनाउन राखिएको ‘सिम्प्ली क्लेभर’फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १०.० इन्चको टचस्क्रिनइन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्टलाइटिङ, कुल्डग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर छ ।

सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्डसिटमाउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम छ । इएससी सबै भेरिएन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमाटायर प्रेसर मनिटरिङ र हिलहोल्ड असिस्ट पनिहुनेछ । स्कोडाकुशाकमा १.० लिटरको सबैभन्दाबढी पुरस्कृत टीएसआई इन्जिनहुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दाबढीहो । टीएसआई इन्जिन ६ स्पिडम्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

 

Editor: