आमाको हत्या गर्न साथीलाई सुपारी

आमाको हत्या गर्न साथीलाई सुपारी

पोखरा, ७ चैत/ पोखरा महानगरपालिका १२, शीतलादेवीस्थित सुकुम्बासी बस्तीकी ६७ वर्षीय नौमाया नेपालीको हत्या आरोपमा उनकै छोरालाई कास्की प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ परेका नौमायाका जेठा छोरा ओमबहादुर नेपाली र उनका साथी कुमार गुरुङलाई कास्की प्रहरीले सोमबार सार्वजनीक गरेको छ । चैत ३ गते आमाको हत्या गरेका थिए ।

पोखरा–१२ शीतलादेवी बस्ने ३६ वर्षीय ओमबहादुर नेपाली र माटेपानी बस्ने ३७ वर्षीय कुमारले आमाले जग्गा विक्रि गर्न नदिए पछि नौमाया हत्या गरेको अनुसन्धानबाट खुलेको कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

ओमबहादुरले पोखरा महानगरपालिका–१२ स्थित घर र जग्गा बेच्न खोजेका थिए । तर आमा नौमायाले बेच्न दिएकी थिइनन् । त्यसपछि माटेपानी बस्ने साथी कुमार गुरुङलाई एक लाख दिने शर्तमा हत्यामा गरेको अनुसन्धानबाट खुलेको थापाले बताए ।

प्यारालाइसिसको समस्या भएकी आमाको ओमबहादुरले हेरचाह गर्थे । चैत ३ गते फागु पूर्णिमाको दिन रक्सिीले मातेर घर आइ नौमायाको हत्या कुमारले गरेका थिए । हत्यापछि दुवै कुमारको डेरामा गएर सुते । चैत ४ गते ओमबहादुरले नै टोलमा हारगुहार र प्रहरीलाई खबर गरेका थिए । उनीहरुमाथि ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि ६ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

सोमबार नै कास्की प्रहरीले नक्कली नेपाली सेना बनेर ठगि गरेको आरोपमा ओखलढुङगा मानेभञ्जाङ गाउँपलिका घर भै पोखरा १० अमरसिंहचोक बस्ने ३८ बर्षिय अर्जुन कटुवाल भन्ने धन बहादुर परियारलाई सार्वजनीक गरेको छ । उनले विभिन्न व्यक्तिबाट १५ लाख रुपैया ठगि गरेको कास्की प्रहरी प्रवक्ता डिसरी सुन्दर तिवारीले जानकारी दिए ।

त्यसै गरी नवलपरासी सुस्ता गाउँपालिका २ का कुडिया घर भएका ३२ बर्षिय कुलदेब कुमाललाई स्रोत नखुलेको २२ लाख रुपैया सहित पक्राउ गरी सार्वजनीक गरेको छ । सवारी चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका ३० पावरहाउसबाट प्रहरीले पक्राउ गरेको थियो ।

Editor: