चर्चित गायिका समिक्षा अधिकारी कक्षा ११ मा भर्ना

समिक्षा अधिकारी

पोखरा, २९ साउन/ चर्चित गायीका समिक्षा अधिकारीले उच्च शिक्षा अध्ययनका लागि कक्षा ११ मा भर्ना भएकी छन् । पोखराको सिम्पानीमा रहेको स्पाइरल ग्यालेक्सी ऐकेडेमी कक्षा ११ मा भर्ना भएकी हुन् ।

हालै एसइइ उत्रिर्ण अधिकारीले कक्षा ११ मा व्यबस्थापन संकायमा अध्ययनका लागि भर्ना भएको प्राचार्य सन्तोष गुरूङले जानकारी दिए।

कास्कीको लाहाचोक घर भएकी अधिकारी अहिलेकी व्यस्त गायिका हुन् । सानै उमेर देखि गीत संगीतमा लागेकी उनी पढाइमा पनि उत्तिकै तेजावी रहेकी छिन् ।

आफ्ना दाई, दिदी पनि स्पाइरलमा नै पढेको र आफु पहिला पनि उक्त विद्यालयमा आउने गरेको बताउदै उनले गुणस्तरीय पढाइ र आफ्नो व्यक्तित्व विकासका निम्ति स्पाइरल नै रोजेको बताइन्।

उमेरले १७ वर्ष टेकेकी अधिकारीका हङकङको साडिले, माया दे कै हो, नबोलि नबोलि लगायतका थुपै गीत चर्चित छन् । स्टेज कार्यक्रममा समेत दर्शकको माया पाएकी उनले लोक, आधुनिक, दोहोरी गीतमा आफ्नो जादुमय आवाज भरेको छिन् ।

Editor: