गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, पोखराका तीन जना

कोरोना संक्रमण

पोखरा, १५ भदौ / गण्डकी प्रदेशमा सोमबार दिऊसो सम्म २० जनामा कोरोना संक्रमण देखिएको छ । लम्जुङका ९, गोरखाका ४, नवलपुरका ३, कास्कीका ३ र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ का ३७ बर्षीय पुरुष, वडा नम्बर ८ का ५५ बर्षीय पुरुष र वडा नम्बर १५ का ५६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । यो सगँ पोखरामा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

तनहुँको भानु एक पुरुष, गोरखाका २ जना महिला २ जना पुरुष, लमजुङको बेशिसहरका ४ महिला, बेशिसहरमा कार्यरत ३ पुरुष, र बेशिसहरका १ पुरुष, नवलपुरका देवचुलीका १ महिला, मध्यविन्दु र गैडाकोटका एक एक जना पुरुषमा कोरोना पुष्टि भएका शर्माले जानकारी दिए ।

लम्जुङकी एक महिला बैंकमा कार्यरत हुन् भने एक जना अस्पतालमा कार्यरत महिला हुन् । गण्डकी प्रदेशमा अहिले सम्म २ हजार १ सय ५७ जनामा कोरोना देखिएको छ । जस मध्ये १ हजार ६ सय ९३ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हाल गण्डकी प्रदेशमा ४ सय ५१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसै गरी नवलपुरको कावासोती र मध्यविन्दुका एक एक जना महिलामा कोरोना संक्रमण देखिएको हो । मध्यविन्दुकी २० बर्षीय महिला स्वास्थ्यकर्मी हुन् । उनी कलेज अफ मेडिकल साईन्समा कार्यरत छन् ।

उनलाई सोही कलेजको आइसोलेसनमा राखिएको छ भने अन्यलाई आईसोलेसन लैजाने तयारी भएको शर्माले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा २ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस मध्ये १ हजार ६ सय ९३ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

Editor: