पोखरामा १०१ जना सहित गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना, पोखरा २ सहित चारको मृत्यु

पोखरामा १०१ जना सहित गण्डकी प्रदेशमा थप २५२ जनामा कोरोना, पोखरा २ सहित चारको मृत्यु

पोखरा, १० कात्तिक / गण्डकी प्रदेशमा सोमबार थप २ सय ५२ जनामा कोरोना सक्रमिण थपिएका छन् । योसँगै प्रदेशमा कोरोना सक्रमितको सख्या ६ हजार ७ सय ११ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरामा सोमबार थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाका कार्यरत ३६ प्रहरी सहित थप १ सय १ जनामा कोरोना भाइरस देखिएको शर्माले जानकारी दिए ।

पोखरामा २ सहित गण्डकीमा ४ को मृत्यु

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले कास्कीको पोखरा महानगरपालिकाका २ र नवलपुरका २ जना गरी थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिएको छ ।

पोखरा महानगरपालिका १५ की ७८ बर्षीया कोरोना संक्रमित महिलाको गए राति ११ बजे चरक मेमोरियल हस्पिटल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । उनको शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै पोखरा महानगरपालिका ५ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको गए राति ९ः१० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको छ । उनको कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कार्तिक ६ गते नै कोरोना संक्रमण पुष्टि भएका नवलपुर गैंडाकोट ५ का ७३ बर्षीय कोरोना संक्रमित पुरुषको आइतबार चितवन मेडिकल कलेजमा तथा कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका कावासोती २ का ७७ बर्षीय पुरुषको बिहान २ः३० बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

Editor: