पोखरामा ८६ सहित गण्डकी प्रदेशमा थप ११९ मा कोरोना संक्रमण

पोखरामा ८६ सहित गण्डकी प्रदेशमा थप ११९ मा कोरोना संक्रमण

पोखरा, १२ कात्तिक / गण्डकी प्रदेशमा बुधबार १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका ८६ जना, नवलपुरका १६ जना, तनहुँका १ जना, गोरखाका ३ जना, स्याङजाका १२ जना, मुस्ताङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा ६ हजार ९ सय ११ पुगेको छ । अहिले सम्म ४ हजार १४ जना निको भएर घरफर्किएका छन् भने ६९ जनाको मृत्यु भएको छ । गण्डकीमा अहिले २ हजार ८ सय २६ जना सक्रिय संक्रमित छन् ।

Editor: