पोखरामा चोरी गर्दै हिड्ने ५ जना पक्राउ

पोखरामा चोरी गर्दै हिड्ने ५ जना पक्राउ

पोखरा, १५ भदौं / पोखरामा पार्किङमा राखिएका ट्रकहरुको व्याट्री चोरी गर्ने ५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौं १२ गते रागि वडा नम्बर १४ खसिबजार स्थित पार्किङ गरी राखिएका बिभिन्न नम्बरका ४ वटा ट्रकबाट ५ वटा ब्याट्री चोरी गर्ने समुहलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको हो ।

नेपालगंज घर भइ पोखरा १४ हेवलीमार्ग बस्ने कमल पुन, दाङ नारायणपुर घरभई पोखरा १४ हेवलीमार्ग बस्ने अजय चौधरी, धादिङ घर भई पोखरा काजिपोखरी बस्ने पूर्ण बहादुर माझी, भारत बिहार घर भई पोखरा १० बिरेन्द्रचोक बस्ने दिनेश शाह र भारत घर भइ सोही स्थान बस्ने विनोद प्रसाद जैसवाललाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

चोरीको व्याट्री सहित पक्राउ गरी कानूनी प्रकृया अगाडी बढाईएको डिएसपी हमालले बताए । उनलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप भएको उनले बताए ।

Editor: