नौ बर्षे बालिकालाई जबर्जस्ती करणी आरोपमा पोखरामा एक जना पक्राउ

नौ बर्षे बालिकालाई जबर्जस्ती करणी आरोपमा पोखरामा एक जना पक्राउ

पोखरा, १५ भदौ / नौ बर्षिय बालिकलाई जबर्जस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिगत ५ महिना अगाडी देखी ललाई फकाई गरी यौन शोषण गर्दै आईरहेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने ५५ बर्षीय रेशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय स्याङ्जा संग समन्वय गरी स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर ८ टोड्केबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

स्याङ्जाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा राखी जबरजस्ती करणी मुद्धामा अनुसन्धान अगाडी बढाएको उनले बताए ।

Editor: