विकासको समिक्षा गर्ने समयमा आन्दोलनमा उर्तिन बाध्य भयौंः नेता ओली

विकासको समिक्षा गर्ने समयमा आन्दोलनमा उर्तिन बाध्य भयौंः नेता ओली

पोखरा १५, माघ / नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य पूर्व सांसद सिता गिरी ओलीले विकास निर्माणको समिक्षा गर्नुपर्ने समयमा आफुहरु बाध्य भएर यति वेला आन्दोलनमा उत्र्रिनु परेको बताइन् ।

नेकपा माछापुच्छ«े गाउँपालिका ७ धम्पुसले आज (बिहीबार) धम्पुसको कुलडाँडामा आयोजाना गरेको प्रतिगमन बिरुद्ध बृहत बिरोध सभा सर्घष अभिमुखिकरण कार्यक्रममा सम्वोधन गर्र्दै केन्द्रिय सदस्य ओलीले विकास निर्माणको समिक्षा गर्नु पर्ने समयमा संविधानको रक्षाको लागि हाल आन्दोलनमा उर्तिनु परेको बताएकी हुन्।

निकै भावुक हुदै नेतृ ओलीले ५ बर्षसम्म जनतासंग आफुहरुले अमुल्य मत मागे पनि दुई इतिहाईको नेकपा सरकारको आन्तरिक कारण हाल देशमा अस्थिरता निम्तिएसंगै ७० बर्ष देखी नेपाली जनताले लडेर प्राप्त गरेको संविधान नै हाल धरापमा भएकोले त्यसको रक्षाको लागि फेरी जनताले प्रतिगमन बिरुद्ध आन्दोलनमा साथ दिनु पर्ने बताएकी हुन् ।

उनले भनिन“ पार्टीको केन्द्रिय समितिको बैठकमा मलाई वोल्न पनि दिएन, नेपाली गाँउले जनताले पाएको दुःखको मुद्धा उठान खोज्दा बैठकमै वोल्न दिएन, प्रधानमन्त्री ओलीले नेपाललाई र नेपाली जनतालाई अध्ययारो खाडलमा हाल्ने कदम चालेका छन्। ” संविधानमा नै नभएको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले उखान टुक्का हाल्दै हिड्ने गरेको उनले टिप्पर्ढी गरिन्।

कार्यक्रममा नेकपा गण्डकी कमिटि सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले नेकपाको पार्टी बिबादको बिषयलाई लियर आम सर्वसाधरण जनतालाई आफ्नो पक्षमा पार्न कसैले बजेट दुरुपयोग नगर्न चेतावनी दिएका छन्। केही स्थानिय तहमा विभिन्न कार्यक्रम र बजेट पारिदिने आश्वासनले केही समुहले आफ्नो पक्षमा पार्न राज्यको सम्पत्ति माथि दुरुपयोग हुन थालेको उल्लेख गर्दै सांसद बरालले राज्यको सम्पत्ति कसैको बाबुको तिर्वा नभएकोले राज्यको सम्पक्ति दुरुपयोग भएमा उनीहरुलाई राम्रै हिसाव किताव गर्ने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेवि भण्डारीले मदन भण्डारीको हत्यारा पक्ता लगाउन हालसम्म कुनै प्रकृया अघि नबढाएको उल्लेख गर्दै सांसद बरालले प्रधानमन्त्री ओलीलाई कुन कुन बिषयमा पार्टीले काम गर्न दिएर त्यसको विवरण पेश गर्न चुनौती दिए । जनताको रगत र पसिनाले ७० बर्षको अथक प्रयासले ल्याएको संविधानको मुटुमा प्रधानमन्त्री ओलीले छुरा रोप्ने काम गरेको उनले जनाए । प्रधानमन्त्री ओली एक पटक जनता सामु गएर क्षमायाचना गर्दा जनताले माफी दिने सांसद बरालले बताउदै विधि र विधान विपरित झुटा कुरा गरेर सक्तामा बस्न नसुहाउने उल्लेख गरे ।

नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको समयमा भ्रष्टचार, वलत्कार, महङगी बढेको दाबी गरे । प्रधानमन्त्री ओलीले बाडेको करिब १ हजार ५ सय केन्द्रिय सदस्य निर्वाचन आयोगको निर्णयले उनीहरु हाल लज्जित भएको उनले टिप्पर्ढी गरे । नेकपा कास्कीका सचिवालय सदस्य दलबहादुर गुरुङले कोरोनाबाट प्रभावित भएका जनताको राम्रो उपचार र भ्याक्सीन दिर्न नसक्ने सरकारले कहाँबाट ल्याएर निर्वाचनको खर्च व्याबस्थापन गर्न भन्दै प्रश्न गरेका थिए ।

अर्को सदस्य नवराज भण्डारीले बृद्ध भक्ता ५ हजार पुराउने जनतालाई दिएको आश्वासन कहाँ पुग्यो प्रधानमन्त्री ज्यू, भन्दै प्रश्न गर्दै एक सातामा खाने तेल प्रति लिटरमा ५० रुपैया बृद्धी हुँदा सरकारले कुनै चासो नदिएको गुनासो गरे । सदस्य एवं युवा नेतृ प्रविना अधिकारीले कम्यूनिष्टको कुनै झल्क पनि दिन नसकेका प्रधानमन्त्री ओलीको कदम बिरुद्ध युवा जमात उठ्नु पर्ने समय आएको बताइन्। सदस्य बैकुण्ठ भण्डारीले प्रत्येक वडा हुदै  माघ २१ गते लाहाचोकमा बृहत बिरोध सभा हुने जनाए ।

नेकपा माछापुच्छ«े गाउँपालिकाका ७ का सदस्य एवं युवा व्यावसायी यदुनाथ अधिकारीले पधानमन्त्री ओली नेतृत्वको सरकारले जनाता माथि ऋण भार ३६ हजारबाट ४६ हजार पुराएको,दलाल पुंजिबादले समाजवादमा पुग्न नसकिने दाबी गरे ।
नेकपा माछापुच्छ«े गाउँपालिकाका ७ का अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा युवा नेता लाल बहादुर परियार, अर्को युवा नेता आसिस गुरुङ, नेकपा माछापुच्छ«े गाउँपालिका ७ का सचिव डिल्लीराम भण्डारी लगायले वोलेका थिए ।

 

Editor: