गण्डकी प्रदेशमा दोस्रो दिनसम्म ४७१४ जनाले लगाए कोभिसिल्ड

गण्डकी प्रदेशमा दोस्रो दिनसम्म ४७१४ जनाले लगाए कोभिसिल्ड

पोखरा, १६ माघ / गण्डकी प्रदेशमा दुई दिनमा ४ हजार ७ सय १४ जनाले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएका छन् ।

बुधबार १ हजार ८ सय ५९ जना र बिहीबार २ हजार ८ सय ५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप अभियान प्रदेशका ११ जिल्लाका १४ ठाउँबाट खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीमा २ हजार ३१, मुस्ताङमा ५७, लमजुङमा ५४५, नवलपुरमा ३६७, स्याङ्जामा ३२२, म्याग्दीमा १८०, तनहुँमा ३१३, बागलुङमा २९५, गोरखामा २४८, मनाङमा १ सय , पर्वतमा २५६ जनामा खोप लगाएको निर्देशक शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले गण्डकी प्रदेशमै पहिलो खोप लगाएर शुभारम्भ गरेका थिए ।

गण्डकी प्रदेशलाई गत आइतबार ४० हजार डोज खोप केन्द्र सरकारले दिएको थियो । पहिलो चरणमा पाँच दिनमा १७ हजार ३ सय ९६ फ्रन्टलाइनरलाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेज र संक्रामक तथा सरुवा रोग अस्पतालमा र जिल्ला अस्पतालबाट खोप कार्यक्रम संचालन गरेको छ ।

Editor: