राष्ट्रिय सभाको निर्वाचनः गण्डकीबाट कमला पन्त, सुरेश आले र भुवनबहादुर सुनार बिजयी

राष्ट्रिय सभाको निर्वाचनः गण्डकीबाट कमला पन्त, सुरेश आले र भुवनबहादुर सुनार बिजयी

पोखरा, १२ माघ / राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा भएको निर्वाचनमा सत्तापक्षीय गठबन्धन तीनै जना बिजयी भएका छन् ।
गठबन्धनबाट महिला तर्फ कांग्रेसकी कमला पन्त, खुल्ला र दलित तर्फ माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनार बिजयी भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए ।
निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको थियो । निर्वाचन अन्तर्गत महिला कोटामा कमला पन्तल एमालेकी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गरीन् ।
पन्तले ३०८४ मतभार पाउँदा थनेतले २७२४ मतभार पाइन् । गठबन्धनबाट ७ मत क्रस भएको छ । प्रदेश सांसदमध्ये २ जना र स्थानीय तहका ५ जनप्रतिनिधिको मत क्रस भएको हो ।
खुला तर्फ सुरेश आलेमगरले एमाले उम्मेद्वार पुण्य पौडेललाई ४०२ मतभारले पराजित गरे । आलेको ३०९६ मतभार आउँदा पौडेलको २६९४ मतभार आयो । आलेलाई ३० सांसद र ९२ स्थानीय जनप्रतिनिधिले मतदान गरेका थिए । पौडेललाई २८ सांसद र ७५ स्थानीय जनप्रतिनिधिले मतदान गरेका थिए ।
दलित तर्फ गठबन्धनका भुवनबहादुर सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरे । सुनारले ३०३० मतभार पाउदा सुनामले २७२४ मतभार पाउए ।
गण्डकीमा ३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवारी रहेको थियो ।प्रदेशमा २ सय २७ जनाले मत मतदान गरे भने २ जनाले मतदान गरेनन् । गण्डकी प्रदेशमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ५९ सांसद मतदाता रहेका थिए ।
६० सदस्यीय प्रदेशसभामा एकजना राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाइ पार्टीले कारबाही गरेपछि ५९ जना रहेका हुन् । प्रदेश सांसदको एकमत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख र उपप्रमुखको एकमत बराबर १८ मतभार कायम गरिएको छ ।
प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ जना र एकजना स्वतन्त्र सांसद छन् । यसैगरी स्थानीय तहमा कांग्रेसका ८३, एमालेका ६९, माओवादी केन्द्रका १२, राजमोका ३, राप्रपाका २ र नेकपा एसका १ मतदाता रहेका थिए ।
Editor: