पोखरा, २३ फागुन/ महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) १११ औ अन्तराष्ट्रिय श्रमिक दिवसको नारी अवसरमा कास्की कारागारका महिला बन्दीलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ ।
मन्चले कारागार परिसरमा एक कार्यक्रम गरेर महिला बन्दी चौकिदार बिन्दु कुँवर र निमित्त कारागार प्रमुख तपरमणमालाई राइसकुकर पंखा र सेनिटरी प्याड लगायतका सामग्री बितरण गरेको हो ।
निमित्त प्रमुखले पोख्रेलले २०२१ सालमा स्थापना भएको कारागार आजसम्म आइपुग्दा जुन रूपमा स्तरउन्नति हुनु पर्ने हो सो अनुसार हुन नसकेको बताउनुभयो ।
अरु निकायमा जस्तो कारागारको पुर्वाधार बिकासमा राज्यले ध्यान दिन नसक्दा समस्या रहेको बताउँदै उहाँले कारागारलाई सुधार गृहको रूपमा बिकास गर्नु पर्ने धारणा राख्नुभयो ।
कारागारको तीन ब्लकमा नौ सय ६ जना कैदी बन्दी मध्ये ७२ जना महिला रहेको पोखरेलले जानकारी दिनुभयो । कारागारमा विभिन्न संघ सस्थाले बन्दीका लागि आवश्यक सहयोग सामाग्री हस्तान्तरण गरेर सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।
मञ्का अध्यक्ष पार्वती पाण्डेले जीवनमा जान अन्जानमा विभिन्न कसुर गरेर कानुन अनुसारको सँजाय भोगीरहेको महिला बन्दी सिमित श्रोत र साधनमा रहेको कारागार विभिन्न कठिनाइसँग जुध्नु परेको यथार्थ महिला बन्दी राखेको औल्याउँदै उनीहरुकै माग अनुसार सामग्री हस्तान्तरण गरेको बताउनुभयो ।
कार्यक्रम मन्चका सस्थापक अध्यक्ष जमुना पराजुलीले सस्थाले महिलाको नेतृत्व तथा र नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व बहन गर्दै महिला बन्दीलाई सहयोग गरेको बताउनुभयो ।
महिला बन्दी चौकिदकार बिन्दु कुँवरले महिला बन्दिको आवश्यकता र मागलाई बुझेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले जीवनमा गल्ती गरेर पछुताउनु भन्दा गल्ती गर्नु अघि सोच्न सके पछुताउनु नपर्ने धारणा राख्नुभयो ।
संस्थाका सल्लाहकार पम्फा पहारी, सचिव ममता न्यौपाने लगायतले सस्थाको उद्घेश्य र महिला श्रमिक दिवसको महत्वमाथी भनाइ राख्नुभएको थियो ।
कार्यक्रम संयोजक लक्ष्मि लामिछाने कार्यसमिति र सल्लाहकार सहभागिता करीब ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको जानकारी जानकारी दिनुभयो ।