पोखरामा महिला मृत अवस्थामा फेला

शव सव

पोखरा, २० असोज / पोखरा महानगरपालिका ९ ट्रेड महल पछाडी एक महिला मृत फेला परेकी छन् ।

सोमबार विहान माईला साहु भन्ने व्यक्तिको टिनले छाएको छाप्रोमा बिगत ८ महिना देखी बस्दै आएकी महिला मृत फेला परेकी हुन् ।

३५ की कुमारी सुनार छाप्रोको आफू सुत्ने खाटमा मृत अवस्थामा निजको श्रीमानले देखी प्रहरीलाई खबर गरे गरेका थिए । प्रहरी टोलीले घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाउको छ ।

Editor: