एमाले कास्की अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित

मनबहादुर गुरुङ

पोखरा, २८ पुष/ नेकपा एमाले कास्की अध्यक्षमा मनबहादुर गुरूङ निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनको नतिजा बुधबार बिहान आएको हो । गुरुङले ४९ मतले पछि पार्दै दामोदर बैरागीलाई पराजित गरे । गुरुङले ४ सय ५६ मत प्राप्त गरे भने बैरागीले ४ सय ७ मत प्राप्त गरे ।

गुरूङ र बैरागी प्यानलसहित चुनावमा होमिएका थिए । एमाले नेताहरू पृथ्वीसुब्बा गुरूङ र खगराज अधिकारीको दुई छुट्टाछुट्टै प्यानललाई समर्थन थियो । उपमहासचिव पृथ्वीसुब्बाले मनबहादुर र संगठन विभाग प्रमुख खगराजले दामोदरलाई समर्थन गरेका थिए ।

उपाध्यक्षमा तेजनारायण अधिकारीले ४ सय २१ मत प्राप्त गर्दै बिजयी भए । उपाध्यक्षमा प्रभा कोइरालाले ४ सय १३ मत प्राप्त गरीन् । त्यसै गरी सचिवमा बैनबहादुर अधिकारी ४ सय ७५ मत ल्याउदै विजयी बने ।

सचिबमा विष्णु केसीले ३ सय ६४ मत प्राप्त गरे । उपसचिवमा दर्शन लामाले ५ सय ४० र नवराज ओझाले ४ सय ४३ मत प्राप्त गदै विजयी बने । उप सचिबमा ईमानराज पौडेलले ३ सय ५५ र मन्बुजा विश्वकर्माले २ सय ३७ मत प्राप्त गरेका थिए ।

Editor: