टेसा पोखराको अध्यक्षमा नारायण सापकोटा

टेसा पोखराको अध्यक्षमा नारायण सापकोटा

पोखरा, २१ माघ/ ट्रेकिङ इकुपमेन्ट सप एशोसियसन (टेसा) पोखराको २३ औं साधारण सभा तथा १३ औं अधिवेसनले नारायण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी दुई बर्षको लागि सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, उपाध्यक्ष रामजी प्रसाद अधिकारी, महासचिवमा टिका बहादुर लम्साल, सचिवमा टिकारम लम्साल, कोषाध्यक्षमा महेन्द्र जिसी चयन भएका छन् ।

त्यसै गरी सदस्यहरुमा रमेशराज अधिकारी, मिलन सापकोटा, केशवराज बाँस्तोला र बुद्धि बहादुर बस्नेत रहेका छन् । टेसा पोखराको निवर्तमान अध्यक्ष रामचन्द्र गिरी रहेका छन् ।

अधिवेसको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोनाले व्यवसायीले चुनौती सामाना गर्नु पर्ने समयमा देशमा अस्थिर राजनीतिक तरङगले गर्दा नेपालको पर्यटन सहितको अन्य क्षेत्रमा प्रभाव भएको बताए ।

पर्यटन पुनउत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नी कडेंलले प्रदेशका ११ वटै जिल्लामा समिति गठन गरी प्रदेशमा भएका पर्यटन उत्पादनको प्याकेजमा सार्वजनिक गर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले मौद्रिक नितीले पर्यटन व्यवसायीहरुलाई दिनु पर्ने राहत प्याकेज जति सक्दो छिटो प्रदान गर्न माग गरे ।

टेसा पोखराका अध्यक्ष रामचन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नारायण सापकोटा, महासचिब रामजी प्रसाद अधिकारी लगायतले वोलेका थिए । पोखरामा ७० वटा टेसामा आवद्ध व्यवसायीहरु रहेका छन् ।

तस्बिरः दिननाथ बरालको फेसबुकबाट

Editor: