प्रमुख जिसी र उपप्रमुख गुरुङद्धारा तीजको शुभकामना

पोखरा महानगरपालिका

पोखरा, ५ भदौ/ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले शुभकामना दिएका छन् ।

बिहिबार संयुक्त रुपमा शुभकामना सन्देश जारी गदै सम्पूर्ण नेपाली दिदीबहिनी तथा नगरबासी सबैमा सुख, शान्ति, समृद्धि, आपसी एकता, उद्भाव एवं सुस्वास्थ्य र दीर्घायूको शुभकामना ब्यक्त गरेका छन् ।

‘सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गदै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास लिएका छौँ ।’

चाडपर्व हाम्रा संस्कृति हुन भने संस्कृति हाम्रो पहिचान भएकाले मौलिक संस्कृति प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वहरुको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो शुभकामना सन्देशमा भनिएको छ, ‘कोरोना भाइरसका कारण असहज परिस्थिति सिर्जना भएको अवस्थामा चाडपर्व मनाउँदा सचेत भई परिवारका सदस्यहरु मात्र सहभागी भएर मनाउन अनुरोध गर्दछौ ।’

तीज पर्वले सवैमा खुसी सातासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् तीजको हार्दिक शुभकामना ब्यक्त गर्दछौ शुभकामना सन्देशमा उल्लेख छ ।

Editor: