सुलभ सहकारीको शुभकामना आदान प्रदान, उपहार कार्यक्रमको घोषणा

सुलभ सहकारीको शुभकामना आदान प्रदान, उपहार कार्यक्रमको घोषणा

पोखरा, २६ असोज/ पोखराको लेकसाईड जरेवमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडल शुभकामना आदान प्रदान गरेको छ । नेपालीहरुको ठुलो चाड देशै, तिहार र छठ लगाएतका पर्वहरुको शुभकामना आदान प्रदान गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले शुभकामना व्यक्त गर्दै सुलभले सरलमुल्यमा सामग्री विक्रि गर्दै आएको बताए । उनले अन्य सामाजीक काममा पनि सुलभ सक्रिय रहेको बताए ।

सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराईले शुभकामना व्यक्त गरे । सहकारीका कार्यसमिति सल्लाकार र अन्य शुभेक्छुकहरुले शुभकामना आदान प्रदान गरेका थिए ।

शुभकामना कार्यक्रममा अध्यक्ष भट्टराई सहकारीद्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि सस्तोमा सामान विक्रि गर्दै आएको बताए । उनले दशैं तिहारलाई लक्ष्त गर्दै ग्राहकका लागि उपहार योजना ल्याएको बताए । उनले गुणस्तरीय र सस्तोमा सामग्री दिनु नै सुलभको लक्ष्य रहेको बताए ।

सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सुलभ डिपार्टमेण्टल स्टोर्सले आफ्ना ग्राकहरुलाई लक्षित गरि दशैं तिहार उपहार कार्यक्रमको आयोजना शुरु गरको छ । उपहार योजना अन्तर्गत प्रत्यक एक हजारको खरिदमा ग्राहकलाई एउटा उपहार कुपन प्रदान गरिने छ । कुपन प्राप्त ग्राहक मध्येबाट लक्की ड्रका आधारमा विभिन्न उपहार प्रदान गरिनेछ ।

उपहार कार्यक्रमको नतिजाको घोषणा माघ १ गते गर्ने छ । प्रथम पुरस्कारमा टिभिएस विगो स्कुटर, द्वितीय पुरस्कारमा एलजीको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलइडी टेलिभिजन, पाचौं पुरस्कार माईक्रो वेभ वभन र धेरै मात्रामा सान्तोना पुरस्कार रहेको संस्थका प्रवन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।

१२ वर्ष अगाडि पोखराका पर्यटन व्यावासायीहरुको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवश्यक पर्ने सम्पूर्पा घरयासी सामग्रीहरुको सुलभ मूल्यमा बिक्री वितरण गर्दै आएको छ ।

 

Editor: