तस्बिरहरुः कृष्ण श्रेष्ठ
पोखरा, १६ असार/ पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निमार्णाधिन शिव भगवानको मूर्ति हेर्न आन्तरिक पर्यटकको चहलपल बढेको छ ।
लकडाउनमा हिडेरै शिव मूतिमा पुग्ने गरेका थिए भने लकडाउन खुकुलो भए सगँ सवारी साधनमा समेत पुग्न लागेको स्थानीय प्रकाश बरालले बताए ।
पर्यटकीय राजधानी एवम् धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत परिचित पोखरालाई थप धार्मिक पर्यटकीय सहरको रुपमा चिनाउन नेपालकै अग्लो दावी गरिएको पद्माआसन बसेका शिवको मूर्तिमात्र ५१ फिट अग्लो रहने छ ।
हिन्दुर्धमको लागि मात्र नभई पोखराको पर्यटन विकासको लागि समेत नयाँ आयामको रुपमा रहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । अबको दुई वर्षभित्र सम्पूर्ण काम सम्पन्न हुने जनाइएको छ ।
शिव मूर्ति निमार्ण समितिका अध्यक्ष चन्द्रकान्त बरालले करिब ४० करोडको लागतमा बन्न लागेको उक्त मूर्ति पश्चात पोखरामा धार्मिक पर्यटकमा वृद्धि हुने अपेक्षा गरिएको छन् ।