उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षमा कोइराला, उपाध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

संजीवबहादुर कोइराला

पोखरा, १० पुष / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा संजीवबहादुर कोइरालाले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी महासंघ प्रदेशको संस्थापक अध्यक्षसमेत हुन् ।

महासंघको गण्डकी प्रदेशको दोस्रो महाधिवेशन पुस ११ गते शनिबार पोखरामा हुँदैछ । शनिबार नै मनोनयन दर्ता तथा मतदान हुनेछ । कोइराला पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

महासंघ प्रदेशको उपाध्यक्ष पदका लागि लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रदेश अन्तर्गत जिल्ला नगर संघहरु २० वटा सदस्य रहेकामा १६ वटाले मतदानमा भाग लिन पाउने छन् । बस्तुगतमा ४ सदस्य मध्ये ३ जनाले भाग लिनेछन् भने एसोसिएट सदस्यमा ३७ मध्ये ३५ जनाले मतदानमा भाग लिनेछन् ।

पर्वत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरिओम शर्मा लामिछानेले पनि अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । यद्यपि सर्वसम्मत नेतृत्व चयनको पहल भइरहेको छ ।

Editor: