संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला, युवा व्यवसायी सुवेदी सम्मानित

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कोइराला, युवा व्यवसायी सुवेदी सम्मानित

पोखरा २९, फागुन/ संसदीय पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको शनिबार पोखरामा सम्पन्न भएको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनले भरत कोइरालाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेको हो ।

त्यसै गरी मञ्चको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्षमा तारा चापागाईं (दुवे) र सहसचिवमा युवराज श्रेष्ठ निविरोध निर्वाचित भए भने अन्य सदस्यहरुमा विशन क्षेत्री, प्रकाश ढकाल, वासुदेव पौडेल, उमा आले मगर, युवराज गुरूङ (युनिश) र उमेश पुन मगर चयन भएका हुन्।

उपाध्यक्ष पदको लागि निवर्तमान सचिव विशन क्षेत्रीले यसपाली अमृत सुवेदीलाई सघाउने र अर्को पटक क्षेत्रीले सुवेदीलाई सघाउने सहमतीमा क्षेत्रीले सुवेदीलाई उपाध्यक्षमा मार्ग प्रसस्त गरेका हुन्। सदस्यमा उमेदवारी दिएका केशवशरण लामिछाने अन्तिम घडिमा क्षेत्रीलाई सदस्यमा लैजाने वातावरण सृजना गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले देशमा राजनीतिक संकट आएकोले त्यसको सुरक्षित अवतरणको लागि पत्रकारले सकरात्मक ढंगले भूमिका निर्वाह गर्न आग्रह गरे ।

गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्ष दलका नेता कृष्ण चन्द्र नेपालीले लोकतन्त्रको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

मञ्चका अध्यक्ष लाल प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद एवं विकास समितिका सभापति दीपक कोइराला(रुपक), प्रदेश सांसदहरु कृष्ण थापा, बिन्दुकुमार थापा र हरिशरण आचार्य, नेपाल

पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, मञ्चका सचिव विशन क्षेत्री लगायतले संसदीय अभ्यासमा पत्रकारहरुले पनि सिक्दै गरेकोले अझै पनि संसदीय गतिविधिका धेरै कुराहरु बाहिर आउनु पर्नेमा जोड दिएका थिए ।

उत्त अबसरमा युवा व्यवसायी त्रि—थुङगा ट्रेडिङ कन्सनका प्रबन्ध निर्देशक, पि.टि.इन्टरनेश्नल प्रा.लि.का अध्यक्ष, नासाका गण्डकी प्रदेशका अध्यक्ष, लायन्स क्लव अफ पोखराका अध्यक्ष डिल्लीराम सुवेदी (शिशिर) लाई सम्मान गरिएको छ ।

संस्थालाई सहयोग गरेको भन्दै मञ्चले उनलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले आभार—पत्रको साथमा माला लगायर सुवेदीलाई सम्मान गरेका हुन्।

Editor: