पोखरा, १९ असोज/ पोखरा, काठमाडौ र भक्तपुरबाट सेवा प्रदान गर्दै आएका सेलवेयजले २९ औ शाखा पोखरा ७ शान्तिनगरमा सञ्चालनमा ल्याउने भएको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्य पसलबाट शुरु गरेर सेलवेयजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ ।
पोखरा ७ शान्तिनगर (बराल पेट्रोल पम्प) सगैँबाट थप सेवा विस्तार गर्न लागेको सेलवेयज डिर्पामेन्टल स्टोर गण्डकी प्रदेशका म्यानेजर दयाल गिरीले जानकारी दिए । सेलवेयज डिपामेन्टल स्टोर प्रालिले पोखरामा यो छैटौं शाखाहो भने सेलवेयजको यो २९ औ शाखा भएको गिरीले जानकारी दिए ।
पोखराको चिप्लेढुङ्गा, लेकसाइड, विरौटा, भद्रकाली र बगरबाट सेवाप्रदान गर्दै आएको छ । शान्तिनगर शाखा सञ्चालनको अवसरमा १० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ भने केहि अत्यावश्य खाद्य सामग्रीमा विषेश छुटको व्यवस्था गरीएको उनले बताए । असोज २१ गते घटनस्थापना देखी सञ्चालनमा आउने उनले बताए ।
पोखराको नयाँ शाखामा करिब १० करोडको लगानीमा सञ्चालनमा आउन लागेको उनको भनाई छ । नयाँ शाखाबाट खाद्य सामग्रीका सम्पुर्ण सामानहरु, लेकसाइडका होटल तथा रेष्टुरेष्टका लागि आवश्यक सामग्रीहरु राखीएका छन् । स्टोरको भुईतलामा खाद्य सामग्री,पहिलो तलामा इलोक्टोनिक सामग्रीहरु र दोस्रो तलामा आधुनिक फर्निचरका सामग्रीहरु राखीएका छन् ।
त्यसै गरी काठमाडौका सातदोबाटो, सितापाइला, महाराजगञ्ज, चक्रपथ, झम्सिखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकनथलि, नयाँबत्ति, पेप्सिकोला, मुपानी, मैजुबहाल, ककन, सुकेधारा, हात्तिगौडा, धापासी, पुरानो बानेश्वर, मध्येबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेवादिदै आएको छ ।
सन् २००४ मा काठमाडौं प्रबेश गरेको सेलवेयज सन् २०१४ बाट सेलबेरीको नामबाट पनि सञ्चालनमा आएका छन् । यी दुई कम्पनी सिस्टर कम्पनीका रुपमा सञ्चालनमा छन् । नयाँवर्ष देखी काठमाडौंको महाराजगञ्जबाट अन्तिराष्ट्रिय स्तरको मल सञ्चालनको तयारीमा छ । त्यसै गरी पोखराको लेखनाथबाट नयाँशाखा निकट भविष्यमा सञ्चालन गर्ने योजना छ ।
ंं