मेलवोट सिदिङ सडक ढलान कम गुणस्तरीय

मेलवोट सिदिङ सडक ढलान कम गुणस्तरीय

हेमजा २८ भदौं/राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरणबाट निर्माणाधीन पोखरा–२५, मेलवोट देखि माछापुच्छ«्रे गाउँपालिकाको सिदिङसम्मको सडक स्तरउन्नती कार्यमा हाल भइरहेको ढलान कम गुणस्तरीय भएको पाइएको छ।

जसबारे गुनासो आएसँगै आइतवार जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा स्थलगत अनुगमन भएकोमा ढलान कम गुणस्तरीय पाइएको प्रमुख क्षेत्रीले बताए।ढलानका लागि गरिएको सोलिङ कम्तीमा १० सेन्टीमिटर उचाईको हुनुपर्नेमा कतिपय स्थानमा सो भन्दा कम्ती पाइएको तथा सोलिङ ठाडो गरी गर्नुपर्नेमा ढुङगा सुताएर गरेको भेटिएको प्रमुख क्षेत्रीको भनाई छ।त्यस्तै अन्य केही सामान्य कमजोरीहरु पनि देखिएको उनले बताए।

निर्माणको गुणस्तरबारे ध्यानाकर्षण गराएका छौं, अव सुधार होला भन्ने अपेक्षा गरौं, बाँकी आगामि दिनका कार्यले बताउला उनले भनेका छन्।

अनुगमनका लागि प्रमुख क्षेत्रीको नेतृत्वमा राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख नवराज शर्मा, जिल्ला समन्वय समिति सदस्य गोमादेवी अधिकारी गौतम,नेपाल पत्रकार महासंघ कास्की सचिव रामप्रसाद तिमिम्सीना, जिल्ला इञ्जिनियर दीपक तिमिल्सीना लयायतको टोली आइतवार त्यसतर्फ गएको थियो।

निर्माण कम्पनी हिमडु· थोकर एण्ड ड्रागन जेभीका इञ्जिनियर महेन्द्र आचार्यले कतिपय गल्ती कमजोरी भएको स्वीकार गर्दै अव आयन्दा त्यस्तो नहुने प्रतिबद्घता जनाए । उक्त सडक माछापुच्छ्रे गाउँपालिकाको लाइफ लाइन मानिन्छ।जसअन्र्तगत १६ किलोमिटर बाटो स्तरउन्नती गरिदैछ।जसमध्ये १० किलोमिटर कालोपत्रे र ठाँउठाँउमा गरी करिव ९ सय मिटर ढलान गर्ने योजना छ।

आगामि चैत÷बैशाक भित्रै सम्पूर्ण निर्माण कार्य सकिने निर्माण कम्पनीका इञ्जिनियर आचार्यले बताए।सडक निर्माण कार्यमा हाल दैनिक ५० श्रमिक खटिएको पनि उनको भनाई छ ।

Editor: