पोखरा, २१ असार/ नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरको सोमबार निधन भएको छ ।
कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराईरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार नभएर निधन भएको हो ।
उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ । कुवँर स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।