पोखरा विश्वविद्यालयका परीक्षा स्थगित

पोखरा विश्वविद्यालय

पोखरा, १० माघ/ कोरोनाका कारण पोखरा विश्वविद्यालयले माघ समान्तसम्म पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले माघ १० गते देखी नै लागू हुने गरी परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत माघ मसान्तसम्म सञ्चालन हुने पूर्व निधारित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु अर्को सूचना प्रकाशन नभइन्जेलसम्मका लागि स्थगित गरिएको विज्ञप्ती परीक्षा नियन्त्रक प्रा. तुलसीराम भण्डारीले जारी गरेका छन् ।

Editor: