पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार नियुक्तीको माग गर्दै विद्यार्थी सडकमा

पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार नियुक्तीको माग गर्दै विद्यार्थी सडकमा

पोखरा, ९ साउन / पोखरा विश्वविद्यायलमा उपकुलपति, रजिष्ट्रार, विभिन्न ३ वटा संकायका डिन र निर्देशकको पद रिक्त हुदाँ शैक्षिक अन्यौलता बढ्को भन्दै छिटै नियुक्ती गर्न माग गर्दै विद्यार्थीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

पोखराको शहिद चोकमा भिन्नि नारा लेखेका प्लेकार्ड सहित विद्यार्थीहरुले एक घण्टा जिल्ला प्रशासन कार्यालयमा अगाडी धर्ना दिए । धर्ना पछि प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल मार्फत प्रधानमन्त्रीलाई ग्यापनपत्र पठाएका छन् ।

दश महिलना देखी उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकको पद खाली हुदाँ शैक्षिक अन्यौलाता बढ्को विद्यार्थीहरुले बताएका छन् । पोखरा विश्वविद्यालयमा लामो समय देखी उपकुलपति, रजिष्ट्रार, विभिन्न ३ वटा संकायका डिन र निर्देशकको पद रिक्त रहदाँ दैनिक सञ्चालन गर्नुपर्ने प्रशासनिक काम हुन नसकेको, पढाइ हुन नसकेको र परीक्षा समेत अन्यौलमा परेको बताएका छन् ।

सम्बन्धित संकायको लागि आवश्यक पर्ने नीति नियम सँगै दैनिक सञ्चालन गर्नुपर्ने अनलाइन कक्षामा समेत प्रत्यक्ष असर परेको विद्यार्थीहरुको भनाई छ । नियुक्तीमा ढिलाई हुनुमा राजनीतिक भागबण्डा नमिलेको कारणले भिसी नियुक्त हुन नसकेको विद्यार्थीको भनाई छ ।

भिसीको नियुक्ती भए पश्चात भिसीले रजिष्ट्रार, ३ वटा संकायका डिन र अन्य निर्देशक नियुक्ती गर्ने प्रावधान रहेको छ । रिक्त पदमा नियुक्ती भएपछि मात्र दैनिक सञ्चालन गर्नुपर्ने प्रशासनिक काम, पठनपाठन, परिक्षा लगाएतका शैक्षिक गतिविधि नियमित रुपमा सुचारु हुदाँ छिटै नियुक्त गर्न माग गरे ।

पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रार नियुक्तीको माग गर्दै विद्यार्थी सडकमा

नेविसंघ पोखरा विश्वविद्यालयले पोखरा विश्वविद्यालयमा रिले अनसन शुरु गरेको छ । बिहीबार देखी उपकुलपति र रजिस्टार नियुक्तिको माग गर्दैे अनसन थालेको हो । विगत १० महिनायता विश्व विद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै रिले अनसन बस्नुपरेको राजिव भण्डारीले बताए ।

विश्वविद्यालय नेतृत्वविहीन नभएपछि विश्व विद्यालयको सभा, कर्मचारी नियुक्ति, शिक्षक नियुक्ती, परिक्षा प्रणाली, छात्रवृत्ति, स्ववियुको चुनाव, दीक्षान्त समारोह, टिचिङ अस्पतालको निर्माण लगायत काम प्रभावित भएका छन् । विश्वविद्यालयका पूर्वउपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएको थियो ।

त्यसलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको ३ महिने नियुक्ति भयो ।
उनको पनि ३ महिने म्याद सकिएपछि प्राडा इन्द्रप्रसाद तिवारीलाई पुस १४ गते अर्को व्यवस्था नभएसम्मका लागि नियुक्ति दिइयो । तिवारी वैशाख २१ गते अवकास भए । शिक्षामन्त्री संयोजक रहेको सर्च कमिटीले उपकुलपतिमा मंसिरमै ३ जनाको नाम सिफारिस गरे पनि प्रधानमन्त्रीले अझै नियुक्ति गरेका छैनन् ।

Editor: