पोखरा १४ का सुकुम्बासी बस्तीमा पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा खाद्यान्न सामग्री वितरण

पोखरा १४ का सुकुम्बासी बस्तीमा पाल ऐ हाम नामग्याल गुम्बा स्कुलद्धारा खाद्यान्न सामग्री वितरण

पोखरा, ८ साउन / हिमाली जिल्ला मुस्ताङको लोमन्थाङमा रहेको पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले पोखरा महानगरपालिका १४ भित्र रहेको सुकुम्बासी बस्तीमा खाद्यान्न वितरण गरेको छ । गुम्बा स्कुलले विद्यालयको पठपाठन संगै सामाजिक क्रियाकलापमा सहभागिता जनाउदै आएकोमा यो वर्ष कोरोना कहरका कारण खाद्यान्न अभावमा बस्न बाध्य भएका ६० घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

जस अन्तर्गत पोखरा १४ को विजय बस्ती टोल वेलचौतारा, रातो डांडा, बिजयपुर आनन्दटोल घट्टेकुलो, साधनामार्ग र नया बस्तीमा बसोबास गर्दै आएका भुमिहिन जो दैनिक ज्याला मजदुरी गरी घरको जोहो टार्छन उनीहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

गुम्बा स्कुलका सल्लाहकार तथा गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टको सक्रियता तथा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीको अध्यक्ष तारामाया थापा मगरको समन्वयमा उक्त क्षेत्रमा खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

गुम्बा स्कुलले कोभिड १९ कोरोना रोकथामका लागी गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले स्थापना गरेको कोषमा १ लाख २० हजार रुपैय सहयोग गरिसकेको र हालै वर्षाका कारण घरबार गुमाएका परिवारहरुलाई समेत खाद्यान्न सामाग्री वितरण गरिरहेको गुम्बाका सल्लाहकार तथा प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले वताए ।

विष्टका अनुसार गुम्बाले कोरोना र प्रकृति विपत्तिमा परेकालाई मात्र नभइ बृद्धाश्रम र शारिरीक अपांगता भएका ब्याक्तिहरुलाई पनि राहत सामाग्री वितरण गर्दै आएको छ ।

पोखरा महानगरपालिकाको १४ नम्बर वडामा रहेको भुमिहिन सुकुम्बासी बस्तीमा बसोबास गर्ने ब्याक्तिहरु जो दिनमा काम गरेर सांझमा खानाको जोहो गर्ने परिवारहरुलाई लक्षित गरी पाल ऐ हाम नामग्याल गुम्बा स्कुलले राहत प्रदान गरेको र त्यसका लागी गण्डकी प्रदेश सभा सदस्य माननीय इन्द्रधारा विष्टले सक्रियता देखाएकोमा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष तारामाया थापा मगरले धन्यवाद ब्यक्त गरिन ।

सो अवसरमा गुम्बा स्कुलका प्रध्यानाध्यापक ग्याचो लामाले आफुहरुको स्कुलले पहिरो पिडित, सुकुम्बासी तथा शारिरीक अशक्त भएका र वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई लक्षित गरी ५ सय परिवारलाई राहत वितरण गर्ने लक्ष्य रहेको र हाल सम्म ४ सय घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिसकेको वताए ।

हिमाली जिल्ला मुस्ताङको लोमन्थाङ गाउपालिका वडा नम्बर ३ मा रहेको पाल ऐहाम नामग्याल गुम्बा स्कुलले हिउदको समयमा पोखरामा पोखरा महानगरपालिका १८ खपौदीमा स्कुल सञ्चालन गर्दै आएको छ ।

Editor: