पोखरा ३३ मा ‘सुरक्षा’ सामग्री वितरण

पोखरा ३३ मा ‘सुरक्षा’ सामग्री वितरण

पोखरा,१३ मंसीर/ पोखरा महानग्पालीका ३३ का ६५ बर्ष नाघेका २ सय २६ ज्येष्ठ नागरिकदरुलाइ सुरक्षा सामाग्री वितरण गरीएको छ ।

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण र जाडो मौसम बाट वृद्ध तथा ज्येष्ठ नागरिक हरुलाई सुरक्षाका निम्ति न्यानो टोपी,पन्जा,मोजा,गलबन्दी,हात धुने झोल साबुनथान,चार्जर लाइट साथै न्यूट्रिसियस फुड पनि वितरण गरिएको छ ।

यूनएफपीएको आर्थिक सहयोग द्वारा नेपाल युवा संस्था सन्जाल(आयोन)ले आयोजना गरेको सुरक्षा सामाग्री बितरण कार्यक्रमका प्रमुख अथिति गण्डकी प्रदेश सभासद माननीय मिना गुरुङ्गले “आँफू पनि अव केहि बर्ष पछि ज्येष्ठ नागरिक बन्ने हुनाले अब बचेको आफ्नो सभासद कार्यकालको साय ज्येष्ठ नागरिकको हक र हितको लागी खर्चने” बताइन् ।

विश्वव्यापीरुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमण र जाडो मौसम बाट वृद्ध तथा ज्येष्ठ नागरिक हरुलाई सुरक्षा राख्नु राज्यको दायीत्व हो, भन्दै नेपाल युवा संस्था सन्जाल(आयोन)ले गरेको यस्तो राम्रो कामको प्रसंसा पनि गरिन ।

कार्यक्रममा वडाका वडाध्यक्ष शिव प्रसाद आचार्यले ज्येष्ठ नागरिकहरुको सुरक्षाका लागि बाँडिएका सुरक्षा सामाग्री राम्रो सँग प्रायोग गर्न,ज्येष्ठ नागरिकहरुले आँफुले पनि जाने सम्मका सुरक्षाका उपायहरु प्लनाउन अनुरोध गरे ।

आयोनले बिगत १४ बर्ष देखि नेपाल युवाहरुको क्षेत्रमा काम गर्ने संस्था भए पनि यो बर्ष देखि ज्येष्ठ नागरिकहरुको लागी पनि काम गर्न थालेको छ र यो नै आयोनको ज्येष्ठ नागरिकको हकमा पहिलो कार्यक्रम भएको बताए । र फेरी फेरी पनि यस्ता कार्यक्रमहरु गर्ने बचन बद्दता पनि व्यक्त गरे ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको सहकार्य भएको उक्त कार्यक्रममा चौतारीका उपाध्यक्ष केशवराज लम्साल,ज्येष्ठ नागरिक महासँघ गण्डकी प्रदेश प्रमुख कुशुम केशब पराजुली लगाएतले पनि बोलेका थिए ।

बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका संस्थापक अध्यक्ष भुपतिश्वर लम्सालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका सचिव मोती भुजेलले चलाएका थिए । सुरक्षा सामाग्री पाउँदा ज्येष्ठ नागरिकहरुको अनुहारमा खुसी छाएको थियो ।

 

Editor: