पोखरामा जिपको ठ्क्करबाट दुई प्रहरीको मृत्यु

पोखरा, ३ भदौ / पोखरामा ड्युटीमा रहेका प्रहरीलाई जिपले ठक्कर दिंदा दुई प्रहरीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनमा ग२च २६२६ नम्बरको बोलेरो जिपले प्रहरीको ग१ब ३६९ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिदा दुई प्रहरीको मृत्यु भएको हो ।

मोटरसाइकल चालक प्रहरी जवान पाल्पाका २० वर्षीय चन्द्र बहादुर बगाले र बर्दिया बढैयाताल ६ का ३४ बर्षिय प्रहरी हवल्दार डम्बर बहादुर थारको मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रहरीको मोटरसाइकलमा क्विक रेस्पोन्स टीमको मोटरसाइकललाई जिपले ठक्कर दिँदा बैदाममा कार्यरत दुबैको मृत्यु भएको हो । बगालेको घटनस्थल मै र थारु पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रहरीले जिप र जिप चालक धादिङ धुनीबेशी गाउँपालिका ५ घर भई पोखरा महानगरपालिका २३ बस्ने य विशाल केसीलाई नियन्त्रणमा लिई अनुसन्धन भईरहको जानकारी दिए ।

Editor: