पोखरा दुई कोरोना संक्रमित, एक रेष्टुरेण्ट र एक ब्रिटिस क्याम्पका कर्मचारी

कोरोना संक्रमण

पोखरा, २८ साउन / पोखरामा बुधबार बिहान संक्रमित पुष्टि भएका एक जना रेष्टुरेण्टमा काम गर्ने र एक जना ब्रिटिस क्याम्पमा कार्यरत कर्मचारी रहेका छन् ।

लेकसाइडमा कोरोना पुष्टि भएका युवक केही दिन पहेली रेष्टुरेष्टमा काम गर्दै आएका थिए भने अहिले भने घर मै बस्दै आएका थिए ।

पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत पहारीले संक्रमित लेकसाइड अर्को होटलको रेष्टुरेण्टमा काम गर्न जानका लागि स्वाब परीक्षण गरेका थिए ।

उनलाई काममा राख्नु अघि पिसिआर परिक्षण गर्न अस्पताल पठाउदा उनीमा कोरोना देखिएको पहारीले बताए । उनलाई लेखनाथको संक्रमण तथा सरुवा रोग अस्पतालको आइसोलेजनमा राखिएको छ ।

त्यसै गरी पोखरा १६ का व्रिटिस क्याम्पका कार्यरत कर्मचारी विरामी भएपछि अस्पतालमा गएर स्वाब परीक्षण गरेका थिए ।

उनलाई अस्पताल लैजाने तयारी भई रहेको पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जिवन आचार्यले बताए । आचार्यले व्रिटिस क्याम्प र उनी बन्ने घरमा जानकारी दिए सकेको बताए ।

Editor: