पोखरामा दुई मोटरसाइकल र एउटा स्कुट पहिरोमा पुरियो

पहिरो

पोखरा, २३ भदौ / अबिरल वर्षाको कारण पोखरा महानगरपालिका ३१ कडेल स्वारामा पार्किङमा राखिएको मोटरसाइकल पहिरोले पुरेको छ ।

पोखरा महानगरपालिका ३१ कडेल स्वारा बस्ने बर्ष २९ को सुनिल बि.क.को ग६प ६२९१ नंबरको पल्सर मोटरसाईकल, २८ बर्षीय निर्मल सुनारको ग५प ९९१२ नम्बरको डिओ स्कुटर र २८ बर्षीय समन सुनारको ग ७ प ७३२९ को एभेन्जर मोटरसाईकल पुरिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Editor: